१६ कार्तिक २०८३, सोमबार

७७ लाखको सुनसहित बंगलादेशी नागरिक पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याउँदै गरेको सुनसहित बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

विमान स्थल कार्यालयका अनुसार चेकजाँचका क्रममा ७७ लाख १९ हजार ६ सय बराबरको ९३६ ग्राम सुन भन्सार छली अवैध रुपमा ल्याउँदै गरेका बंगलादेशका मोहमद टोफीकूई उल्लाहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई भन्सार छली सुन ल्याउन लगाउने भारतीय नागरिक पारस नाथ शाहलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।