
काठमाडौँ, ९ फागुन । संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।
निवेदनबारे मंगलबारभित्र टुंगो लाग्ने बताइएको छ ।
रिट निवेदनमा डा. भण्डारीले नेपाल सन्धी ऐन २०४७ को दफा ४ अनुसार प्रतिनिधिसभामा एमसीसीको प्रक्रिया अघि नबढाउनु भनी मागदावी गरेका छन् ।
त्यस्तै, रिटमा एमसीसीबारे हालसम्म गरिएका कर्महरु पनि बन्द गर्न माग गरिएको छ ।
‘नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाधीनता प्रतिकुल रहेको‘’ निवदेनमा भनिएको छ ।
त्यस्तै, निवेदनमा भनिएको छ, ‘सो गर्न नसकिएमा सम्झौता लागु गर्ने गराउने कार्य नगर्नु भनी उत्प्रेषण, परमादेश लगायतका आदेश जारी गरी पाउँ ।’












प्रतिक्रिया