
काठमाडौँ, ९ फागुन । भारतको बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल प्रमुख लालु प्रसाद यादवलाई ६० लाख जरिवानासहित ५ वर्षका लागि जेल सजाय सुनाइएको छ ।
सोमबार झारखण्डमा सीबीआईको विशेष अदालतले चार घोटालाका पाँचौँ मामिलामा यादवलाई ६० लाख जरिवानासहित पाँच वर्षको कैद सजाय सुनाएको हो ।
अदालतले १५ फेब्रुअरीमा दोषी ठहर गरेको थियो ।
अदालतको फैसलाविरुद्ध यादवले उच्च अदालतमा अपील गर्न सक्ने बीबीसीले जनाएको छ ।















प्रतिक्रिया