१ कार्तिक २०८३, आइतबार

लालु यादवलाई ५ वर्ष जेल सजाय र ६० लाख भारु जरिवाना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली, ९ फागुन । भारत विहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालु यादवलाई ५ वर्ष जेल सजाय हुने भएको छ ।

विशेष अदालतले सोमबार यादवलाई पाँचौं चारा घोटला कान्डमा जेल सजाय दिएको हो । अदालतले यादवलाई ६० लाख भारु जरिवानासमेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो । यसअघि चारवटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।