२ कार्तिक २०८३, सोमबार

रामकृष्ण ढकालको ‘ए पहरी फूल’ सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का, अनु शाह, बसन्त घिमिरे, पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ ।

पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफुले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त बस्नेतले बताए । आफनी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ । पहरामा फुलेको पहरी फुलले जिवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता सेरचनले बताइन ।

प्रेम र रोदन लाई कलात्मक रुपमा गीतमा समेटिएको छ ।नवराज घिमिरेको छायाँकन ,राजेश कुमारको सम्पादन तथा लिगेश भटटराईको निर्देशनमा भिडियो तयार गरिएको छ ।