१ कार्तिक २०८३, आइतबार

कुन मन्त्रीले एमसीसी टेबल गर्दैछन् ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ८ फागुन । सरकारले आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने भएको छ ।

गठबन्धनका दलहरुसँग सहमति गर्दै एमसीसी टेबल गर्ने भएको हो । यद्यपि सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो मन्त्रीहरुको बर्खास्ती हुने कारण सहमति जनाए पनि अझै ठोस रुपमा प्रस्तुत भएका छैनन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आनाकानी गरिहेका छन् भने एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकार बचाउन जनतामाथि खेलबाड गर्न नहुने भन्दै प्रतिवाद गरिरहेका छन् ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना मागहरु सम्बोधन नभएसम्म संसद अवरोध जारी राख्ने जनाइसकेको छ । आफूहरुलाई पहिलो आफ्ना मागहरु सम्बोधन हुनुपर्ने एमालेले राखेको छ ।

त्यस्तै, एमसीसीको विरोधमा काठमाडौँका सडक तातेका छन् । यी सबै अवस्थालाई व्यवस्थापन गरेर लैजान त्यति सजिलो छैन । यो प्रदर्शन निकट भविष्यमै नयाँ क्रान्तिको वीजारोपण नहोला भन्न सकिन्न ।

उता आइतबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकले संसदमा एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ ।

बैठकले संसदमा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी प्रस्तुत गर्ने निर्णय भएको बताइएको छ ।