१ कार्तिक २०८३, आइतबार

एमालेको नेपाल खेलकुद महासंघद्वारा खेलाडीहरू नगदसहित सम्मानित

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठटमाडौं, ८ फागुन । नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल खेलकुद महासंघले बंगबन्धु एशियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेञ्ज कप २०२१ का विजेताहरूलाई नगदसहित सम्मान गरेको छ ।

हिजो शनिबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा महासंघले एक कार्यक्रमको आयोजना गरी ती खेलाडीहरूलाई सम्मान गरेको हो । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा अध्यक्षता नेपाल खेलकुद महासंघका आयोजक कमिटी संयोजक पर्शुराम बस्नेतले गरेका थिए ।

महासंघले सन् २०२१ डिसेम्बर २१ देखि ३१ सम्म मित्रराष्ट्र बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु एशियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेञ्ज कप २०२१ मा स्वर्ण पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगद १ लाखसहित प्रशंसापत्र प्रदान गरिएको महासंघले जनाएको छ ।

सम्मान प्राप्त गर्ने खेलाडीहरूमा अरुणा शाही (टिम क्याप्टेन), मनिषा कु. चौधरी, कामना विष्ट, लक्ष्मीचन्द, उषा भण्डारी, प्रतिभामाली, सलिनाश्रेष्ठ, सरस्वतीचौधरी, सुनिता खड्का, सफियापुन, कृपाअधिकारी र शान्तीकुमारी थारु छन् । त्यस्तै प्रमुख प्रशिक्षक जगदिश प्रसाद भट्टू, प्रशिक्षक भरत यादव र व्यवस्थापक ज्योती केसीलाई पनि सम्मान गरिएको जानकारी महासंघले दिएको छ ।

त्यस्तै महासंघले अन्य विभिन्न विधामा पनि खेलाडीहरूलाई पुरस्कृत गरेको छ ।