२ कार्तिक २०८३, सोमबार

डोरीको गाँठो तीन करोडमा बेच्ने छोरीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङजा, ६ वैशाख । झुन्डिएर आत्महत्या गरेको वा हत्यामा प्रयोग भएको डोरीको गाँठोको मूल्य तीन करोडमा बिक्री हुने प्रलोभनमा परी आमाबाबुले आफ्नै ८ वर्षीया नावालिकाको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

स्याङजाको केवरेभन्ज्याङ गाविसका ८ वर्षीया रिता विकलाई योजनावद्द रुपमा झुन्ड्याई मारेको आरोपमा सौतेनी आमा २१ वर्षे कल्पना केसी विकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

पक्राउ पर्नेमा ४७ वर्षीय बुबा सोबितबहादुर बिक,तनहुँ व्यास नगरपालिकाका सिद्दकुमार शाही र सल्यानका हरिप्रसाद बोहोरा रहेका छन् ।

व्यास नगरपालिकाका सिद्दकुमारले झुन्डिएर मर्दा डोरीमा परेको गाँठोको मूल्य तीन करोड पर्ने बताएपछि चारै जनाको मिलेमतोमा बालिकालाई झुन्डाएर मारी खाडलमा पुरेको खुलेको छ ।