६ कार्तिक २०८३, शुक्रबार

उद्यमशीलता विकास र दीगो पर्यटन प्रवर्द्धनमा नबिल बैंकको सहकार्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । उद्यमशीलता विकास, दीगो पर्यटन, वित्तीय साक्षरताका साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ ।

कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरबारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यसाथ नबिल बैंकले लिएको दीगो बैंकिङको पहलमा यो सम्झौता कोशेढुंगा सावित हुने बताए ।

साथै, उनले यसले स्थानीय स्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै दीगो आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष ढकालले यस सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय समुदायमा अझ बढी फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गरे ।

कम्युनिटी होमस्टे नेटवर्क एक सामाजिक उद्यम हो जसले नेपालमा सामुदायिक होमस्टेको नेटवर्कलाई प्रवर्द्धन गर्छ । नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसको दिन दीगो बैंकिङ कार्यक्रम सुरु गरेको हो ।

यस सम्झौतामार्फत नबिल बैंकले उद्यमशीलता विकास र दीगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा लिएको छ ।