२ कार्तिक २०८३, सोमबार

गायिका प्रतिक्षा ढकालको ‘खोली बगर’ सार्वजनिक

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत ‘खोली बगर’को भिडियो सार्वजनिक भएको छ ।

अम्बिका विश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रस्तुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउँदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टिक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भए पनि आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ ।

राजु बिरही सापकोटा, करिश्मा मगर र रबिन बराइलीको मुख्य अभिनय रहेको उक्त गीतमाउद्धव घिमिरेको लय र्सिजना गीतमा रहेको छ भने शब्द रबिन बराइलीको रहेको छ ।

मिलन श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतलाई मिलन फिल्मस प्रालीद्वारा बजार ब्यबस्थापन गरिएको छ ।