काठमाडौं, ६ वैशाख । दिल्लीबाट आमाको मुख हेर्न काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहले बिहान करिब साढे ११ बजे आमा रत्नको मुख हेरेका छन् ।
उनीसँगै बहिनी शोभा शाहीसमेत महेन्द्र मन्जिल पुगेका थिए ।
आमाको मुख हेर्न गएका पूर्वराजा करिव २ घन्टा आमासँगै बसेका थिए ।
आमासँग भेट गर्दा उनले स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
पूर्वराजा आज भोलि बिहान ९ बजेर ४५ मिनेटमा दिल्ली जाँदैछन् ।















प्रतिक्रिया