१ कार्तिक २०८३, आइतबार

नेपालले दियो फिलिपिन्सलाई २१९ रनको लक्ष्य

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । नेपालले टि २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाउँदै शतकीय पारी खेले।

उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे। यस्तै, उनीसँग नेपालकै ठूलो टि–२० साझेदारी खेलेका दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए।