बनेपा, ५ वैशाख । काभ्रेको बनेपा नगरपालिका–१ स्थित जङ्गलमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
झण्डै ३१ वर्षीया ती महिलाको नाम, थर र वतन खुल्न नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्थानीयबासीले ती महिलालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । रासस















प्रतिक्रिया