
काठमाडौँ, ६ फागुन । प्रदेश १ मा माओवादी केन्द्रका प्रभावशाली नेताहरु आफ्नो टीमसहित नेकपा एमालेमा प्रवेश गरेका छन् ।
यसै क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य मोरङको पथरीशनिश्चरे –१ का पूर्णबहादुर कार्की पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । बिहीबार पथरीमा आयोजित एक कार्यक्रमबीच कार्कीको नेतृत्वमा ३९ जना एमालेमा प्रवेश गरेका हुन् ।
कार्कीलाई संघीय सांसद, एमाले पार्टी स्थाई कमिटीका सदस्य भानुभक्त ढकालले अविर लगाएर स्वागत गरेका थिए ।
कार्की माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघ केन्द्रिय सदस्य र ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य रहेका थिए ।
कार्यक्रममा ९ जना माओवादीबाट, ३ जना काँग्रेसबाट गरी ३९ जना एमाले प्रवेश गरेका हुन् ।
कार्यक्रम पार्टी नगर कमिटीका उपाध्यक्ष उमानाथ अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख भानुभक्त ढकाल, केन्द्रिय कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज बिनोद ढकाल, केन्द्रिय कमिटीका सदस्य युवराज बाँस्कोटा, प्रदेश सदस्य रामकुमार बस्नेत, पार्टी जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोख्रेल लगायत जिल्ला कमिटीका नेता उपस्थित रहेको थियो ।















प्रतिक्रिया