
काठमाडौं, ६ फागुन । गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
मन्त्रालयले सीता परियारलाई हुम्लाको जिम्मेवारी दिएको छ । परियार दलित समुदायबाट पहिलो महिला सीडीओ हुन् ।
त्यस्तै, सह–सचिव नारायणप्रसाद रिसाललाई नुवाकोटमा पठाइएको छ ।
जाजरकोटमा रामबहादुर शाही पुगेका छन् भने रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ ।
धनकुटामा युवराज कट्टेल पुगेका छन् ।












प्रतिक्रिया