१७ कार्तिक २०८३, मंगलबार

पानीको फोहोरा हान्ने गाडी आज संसद भवनमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । प्रदर्शनकारीमाथि पानीको फोहोरा फाल्ने गाडी संसद भवन परिसरभित्र राखिएको छ । नेपाल प्रहरीको उक्त गाडी संसद भवनको पार्क क्षेत्रमा राखिएको हो ।

संसद सचिवालयका कर्मचारीहरु आज बिहान कार्यालय जाँदा उक्त गाडी भवनभित्रै थियो । अहिले भने सो गाडीलाई प्रहरीले संसद भवन परिसरबाट बाहिर निकालेको छ ।

बुधबारको दिन एमसीसीको विरोधमा संसद भवन अगाडिको सडकमा प्रदर्शन भएकाले प्रदर्शन आज पनि हुन सक्ने अनुमानमा संसद भवन परिसर वरपर प्रहरीको तैनाथी बढाइएको छ ।