१ कार्तिक २०८३, आइतबार

मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मोरङ, ५ फागुन । क्रिकेट खेलको विकास एवं सामाजिक सद्भाव कायम गर्न यही फागुन ११ गतेदेखि १४ गतेसम्म विराटनगरमा ९औँ मारवाडी प्रिमियर लिग ९एमपिएर–९० प्रतियोगिताको आयोजना हुने भएको छ ।

नेपाल अग्रवाल युवा मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मारवाडी समुदायका अग्रवाल, महेश्वरी, ओस्वाल, मारवाडी ब्राह्मण, मेंढ स्वर्णकारका युवा टोलीको सहभागिता हुनेछ । मञ्चका अध्यक्ष प्रदीप अग्रवालले विराटनगर –२ स्थित शङ्करपुरमा हुने प्रतियोगितामा मेजिक स्ट्राकर, प्रिमियर ११, हुलास ११, परशुराम वारियर, सिएसवी ११ गरी पाँच टोलीबीच १० वटा लिग कल नकआउट प्रतियोगिता हुने जानकारी दिनुभयो ।

प्रतियोगितामा विजयी हुने प्रथम टोलीलाई नगद रु ६१ हजार र दोस्रोलाई रु २१ हजार नगदसहित ट्रफी र पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताका संयोजक हेमन्त अग्रवालले उक्त खेल टि–१० को आधारमा खेलाइने जानकारी दिनुभयो । प्रतियोगिता पूर्व युवाबीच खेलकूदप्रति अभिरुचि जगाउन मोटरसाइकल ¥यालीले नगरका विभिन्न स्थानको परिक्रमा गरिने भएको छ । मारवाडी युवा लिग विगत १२ वर्षदेखि सञ्चालन हँुदै आएको छ ।–रासस