
काठमाडौँ, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलबा एक झोलाभित्र एक मानिसको शव फेला परेको छ ।
वुधबार पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा बिहीबार शरीर पनि भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।
धरान उपमहानगरपालिका–४ मा पर्ने धरान–भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
३०–३५ वर्षको जस्तो देखिने पुरुषको टाउको र खुट्टा भेटिए पनि सनाखत नभएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया