५ कार्तिक २०८३, बिहिबार

उत्तरप्रदेशमा एउटै इनारमा खसेर १३ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर स्रोत : एएनआई

दिल्ली, ५ फागुन । भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्।

उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्धित एक कार्यक्रमको लागि भेला भएका थिए। भेला भएकाहरूमध्ये केही मानिसहरू स्ल्याबमाथि बसेका थिए। त्यसैबीच स्ल्याब फुट्दा त्यहाँ बसेका मानिसहरू इनारमा खसेका हुन्। खस्दा दुई जना महिला र ११ जना बालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ।

‘स्थानीय गाउँमा विवाहको कार्यक्रम भइरहेको थियो। त्यससँग सम्बन्धित एक कार्यक्रमको लागि महिलाहरू भेला भएका थिए,’ एडिजी अखिलकुमारले भने, ‘लगभग साढे ८ बजेको थियो। इनारको स्ल्याब फुट्यो र त्यसमाथि भएका सबै मानिसहरू इनारमा खसे। स्थानीयले तत्काल सकेजति मानिसलाई उद्धार गरी निकालेका थिए र उनीहरूलाई तत्काल अस्पताल पठाइयो।’

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रधानमन्त्री राष्ट्रिय राहत कोष’बाट प्रत्येक मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५०(५० हजार दिने घोषणा गरेका छन्।

उनले घटनाप्रति दुख व्यक्त गर्दै भने, ‘उत्तरप्रदेशको कुशीनगरमा भएको घटना हृदयविदारक छ। यसमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्छु। साथै घाइतेहरू छिटो स्वस्थ होऊन् भन्ने कामना गर्छु। स्थानीय प्रशासन सकेसम्मको मद्दत गर्न जुटेको छ।’ -एजेन्सी