
काठमाडौं, ५ फागुन । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत खाता महालक्ष्मी बचत बृद्घी खाता सार्वजनिक गरेको छ ।
न्युनतम ५१ रुपैयाँको मौज्दातमा खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्घी खाता’मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुको पाँच लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा गरिएको छ ।
यस बचत योजना अन्तर्गत खाता खाल्ने ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता सुविधाहरु पनि पाउने बैंकले जनाएको छ ।
मुलुकभरका १०३ वटा शाखाहरूमार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।















प्रतिक्रिया