
काठमाडौँ, ४ फागुन । दुईखेल बाँकी रहँदै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।
दशरथ रंगाशालामा आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोलको नतिजामा पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो । गत सिजन पनि मछिन्द्रले नै यो उपाधि जितेको थियो ।
जितसँगै मछिन्द्र ११ खेलमा अपराजित रहँदै २९अंक जोडेको छ । दोस्रो स्थानको मनाङले बाँकी तीन खेल जितेर अंक बराबरी गरेपनि हेड टु हेडका आधारमा मछिन्द्र नै च्याम्पियन बन्नेछ ।















प्रतिक्रिया