
-विवि श्रेष्ठ
तनहुँ, ४ फागुन । विगत १० वर्षदेखि च्याउ खेती गर्दै आएका व्यास नगरपालिका वडा नं ५, पतेनी निवासी शारदा कुमालको अहिलको दैनिकी नै च्याउ खेती बनेको छ ।
उत्पादनमा जोड दिने शारदा अहिले ३ वटा टनेलमार्फत व्यवसायिक च्याउ खेतीमा लागेकी हुन् । सानो लगानीबाट सुरु गरेको च्याउ खेती अहिले आएर आम्दानीको प्रमुख स्रोत बनेको छ ।
२ वटा टनेलमा करिब ६०० घार च्याउ रहेको शारदाको च्याउ व्यवसायमा अहिले च्याउ किन्न घरमा नै आउने गरेको उनले बताइन् । धेरै च्याउ तनहुँको सदरमुकाम दमौलीमा नै खपत हुने समेत उनले बताइन् । पराललाई उसिनेर बनाउने कन्ने च्याउ खेती स्वास्थ्यका लागि पनि राम्रो हुने उनले बताइन् ।
कृषि विकास कार्यलयले च्याउ खेतीगर्नका लागी टनेल निर्माणका लागि एक लाख रुपैयाँ अनुदान दिएपछि थप व्यवसायिक बनेको छ । प्रति केजी २०० रुपैयाँमा बिक्री गर्दै आईरहेको उनले हाल मासिक ५० हजार बचाउँदै आएको बताइन् ।













प्रतिक्रिया