१ कार्तिक २०८३, आइतबार

एमसीसी शुक्रबार टेबुल हुन्छ : कानुनमन्त्री बडू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बस्ने संसद् बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबुल हुने बताएका छन्।

आजको संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडूले दुई दिनभित्र सत्तारुढ गठबन्धनका दलहरूबीच सहमति जुटाएर शुक्रबार एमसीसी टेबुल गर्ने बताएका हुन्।