
काठमाडौँ, ४ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको विरोधमा सहभागी भएका छन् ।
वुधबार नयाँबानेश्वर भएको प्रदर्शनमा पार्टीका कार्यकर्ताहरुमाझ श्रेष्ठ पनि सहभागी हुन् ।
माओवादीको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै नेता श्रेष्ठ प्रदर्शनमा सहभागी भएका हुन् ।
वुधबार देशका विभिन्न स्थानमा विभिन्न राजनीतिक दल तथा नागरिक समाजले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।
जसमा प्रहरीको हस्तक्षेपका कारण नयाँबानेश्वर क्षेत्रमा तनाव उत्पन्न भएको छ ।
त्यस्तै, आजकै संसद बैठकमा एमसीसी टेबुल हुने आंकलन गरिए पनि बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ ।












प्रतिक्रिया