३ कार्तिक २०८३, मंगलबार

उडिरहेको विमानमा सर्प भेटिएपछि…

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । मलेसियाका लागि आन्तरिक उडानमा रहेको एयर एशियाको एउटा विमानमा सर्प भेटिएको छ ।

उडिरहेको बिमानभित्र सर्प भेटिएपछि सो बिमानलाई अन्यत्र मोडिएको सीएनएनले जनाएको छ । समाचार अनुसार उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ ।

सामाजिक सञ्जालका एक प्रयोगकर्ताले जहाजमा देखिएको सर्पको फोटो सार्वजनिक गरेका थिए ।

‘यो अत्यन्तै दुर्लभ घटना हो,’ एयर एशियाका चिफ सेफ्टी अफिसर लियोङ टेन लिङले सिएनएन ट्राभललाई पठाएको एक वक्तव्यमा लेखेका छन् । यात्रु विमानमा सर्प रहेको थाहा पाएपछि चालकले त्यसलाई कुचिङ सहरतर्फ मोडेका थिए ।

विमानलाई कुचिङमा अवतरण गरेर ‘फ्युमिगेसन’ गरिएको थियो । विमानमा सर्प लुक्न सक्ने सम्भावित स्थान पनि सफा गरिएको थियो। ‘यात्रु तथा उडान कर्मचारीको सुरक्षा हाम्रो सबैभन्दा ठुलो प्राथमिकता हो,’ सो हवाई सेवाले भनेको छ ।