८ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभा बैठक आज बस्दै, एमसीसी पेस गर्ने सरकारको तयारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा बैठक आज बुधबार बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्ने तयारी सरकारले गरेको छ ।

तर संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सो कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।

यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले आजै कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन सकिने बताइएको छ ।