
काठमाडौँ, ३ फागुन । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ ।
रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हुनेछ । नवीनतम एसडीएम ६८० ६एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ जसले युवा प्रयोगकर्ताहरु माझ विशिष्ट प्रदर्शन गर्नेछ ।
स्न्यापड्रागन ६८० ६एनएम को विश्वव्यापी, डेब्यु, नयाँ ६एनएम ४जी प्रोसेसर स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम उत्पादन प्रक्रिया अपनाएको छ ।
यसले ओक्टाकोर २.४जीहर्ज कर्टेक्सह(ए७३ र ओक्टाकोर १.९जीहर्ज कर्टेक्स(ए५३, एड्रेनो ६१० जीपीयुसहितको ओक्टाकोर सिपियु अपनाएको छ ।
लास्ट–जेन प्रोसेसर स्न्यापड्रागन ६६२ सँग तुलना गर्दा, मा एसडीएम ६८० मा सीपीयु प्रदर्शन, सजिलो एप्लिकेसन, छिटो लन्च, छिटो पेज लोड सबैमा २५% ले वृद्धि दिन्छ ।
यसैगरी जीपीयुको प्रदर्शन, उच्चफ्रेम रेट, सहज गेमिङ अनुभव, ल्यागको कमीमा १०% ले वृद्धि हुनेछ । एआई प्रदर्शन, क्वालकमको तेस्रो जेनरेसन एआई इन्जिन र प्रमुख एप्लिकेबल सिनहरुमा पनि २५% ले वृद्धि हुनेछ ।
कम पावर खपत र लामो ब्याट्री लाइफ
६एनएम प्रोसेसरले १२ एनएम प्रोसेसर भन्दा ६२% कम पावर खपत गर्दछ भने प्रदर्शनमा पनि ४६% को बढत ल्याउँछ । यस स्मार्टफोनमा अपेक्षाकृत कम तापमान वृद्धि र अधिक स्थिर फ्रेम दर छ ।
६एनएम प्रोसेसरले ल्याएको कमपावर खपतले ब्याट्रीको आयु प्रभावकारी रुपमा विस्तार गर्छ । ८आइको ५०००एमएएज क्षमताको तुलनामा ९आइको ब्याट्री लाइफ ४६% ले सुधार भएको छ ।
शक्तिशाली जीपीयुले परिष्कृत ९०हर्ज डिस्प्लेलाई समर्थन गर्दछ
स्न्यापड्रागन ६८० प्रोसेसरमा शक्तिशाली जीपीयु ( एड्रेनो६१० जीपीयु आउँछ र ९०हर्ज उच्च रिफ्रेस रेट स्कृन प्रविधिलाई पनि समर्थन गर्दछ ।
आफ्नो खण्डमा ३३ वाट डार्ट चार्जिङ समर्थन गर्ने पहिलो स्मार्टफोन
उच्च भोल्टेज र कम करेन्ट चार्जिङ प्रविधिले छिटो चार्जिङको सुविधा दिन्छ जसकारण फोनलाई ७० मिनेटमा १००% चार्ज गर्न सकिन्छ ।
रियलमी ९आइ डार्ट चार्जमा पाँच–कोर चार्जिङको सुरक्षा छ, जसमा ओभरचार्ज प्रोटेक्सन, ओभर–भोल्टेज प्रोटेक्सन, ओपर टेम्परेचर प्रोटेक्सन र एक्स्ट्रिम केस प्रोटेक्सन समावेस छ । यसले चार्जिङ प्रक्रियाको प्रत्येक चरणलाई कडाइका साथ निगरानी गर्न सक्दछ ।
रियलमी ९आईलाई शक्तिशाली ५००० एमएएच ब्याट्रीको साथ छ जसकारण ४८.४ घण्टा फोन कल, ९९५ घण्टा स्ट्यान्डबाइ, २०.७ घण्टा व्हट्स्एप, ११६.३ घण्टा संगीत सुन्न सकिन्छ ।
सुपर पावर सेभिङ मोड
सीपीयु ट्युनिङ, ब्याकलाइट समायोजन, र अन्य रणनीतिहरु र विशेष अनुप्रयोगहरुको लागि लक्षित पावर बचत उपायहरु प्रयोग गर्दा पावर खपत कम हुन्छ र फोनको लाइफमा वृद्धि हुन्छ ।
स्मुथ डिस्प्ले
रियलमी ९आइले सहज अनुभवको लागि पाँच स्तरको रिफ्रेस दरलाई समर्थन गर्दछ र ९०हर्जको सूचना प्रवाह राख्दछ । ९०.८% स्कृन–टु–बडी फुल–स्कृन ४८० निट्सबाट १ निटमा जान सक्छ ताकि रातमा पनि तपाईं आफ्नो फोन प्रयोग गर्दा आँखालाई गाह्रो नपरोस् ।
डीआई डाइनामिक रेम एक्स्पान्सन प्रविधि
रियलमीले फोनमा मेमोरीको कमीले गर्दा हुने कमजोरीहरुलाई समाधानगर्न डीआरई प्रविधिको विकास गरेको हो, जसले आरओएमलाई रेम विस्तार गर्न भर्चुअल रेममा रुपान्तरण गर्छ । रियलमी ९आइमा ६जीबी रेममा ५जीबी रेम थपेर ११जीबीको मज्जा लिन सकिन्छ ।
रियलमी ९आइले १२८ जीबी स्टोरेज र १ टीबी एक्स्टर्नल मेमोरी समर्थन गर्दछ ।
स्टेरियो प्रिजम डिजाइन
रियलमी ९आइले ५–एक्सिस सीएनसी मसिनिङ अपनाउँछ र प्रत्येक मसिनिङले ९६एच लिन्छ जुन असमान किनारा र कोण प्रशोधनको आकर्षक डिजाइन हो । बारम्बार प्रशोधन पछि यसको बनावटले अन्तिम रुप लिन्छ र उच्च गुणस्तर उपस्थितिसँग सुसज्जित हुन्छ ।
रियलमी ९ आइ दुई आकर्षक रंगहरुमा उपलब्ध हुनेछ — प्रिज्म ब्लु र प्रिज्मब्ल्याक ।
रियलमीको बारेमा
रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र एआईओटी बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ ।
यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमीयम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ्ग डिजाइन सहितको लाइफ स्टाइल टेक्नोलोजी डिभाइसहरु उपलब्ध गराउँदछ ।
२०१८ मा “डेयर टु लिप” को नारासहित ‘स्काइली’ ले स्थापना गरेका रियलमी विश्वको सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । २०२१ को दोस्रो क्वाटरसम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ ।
चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोडभन्दा बढी रियलमीको प्रयोगकर्ता छन् ।















प्रतिक्रिया