
काठमाडौँ, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लील गालीगलौज गर्दै अपहरणको धम्की दिएको अडियो सार्वजनिक भएपछि देशभर उनको बर्खास्तको जोडदार माग गरिएको छ ।
आम नागरिकहरुले सामाजिक सञ्जालमार्फत मन्त्री आलेको मात्रै नभएर उनको नेतृत्व माधवकुमार नेपाललगायतको चर्को आलोचना भएको छ ।
भारतमा रहेका नेपाली नागरिकलाई मन्त्री आलेले अश्लिल गाली गलौज गर्दै अपहरण गर्ने धम्की दिएको रहष्य बाहिरिएसँगै बर्खास्तीको माग उठेको हो ।
यद्यपि आलेले हालसम्म अडियोबारे केही पनि बोलेका छैनन् ।
उनलाई यस्तो अडियो प्रकरणपछि कारवाहीको समेत माग उठेको छ ।
एमाले सचेतक शान्ता चौधरीले मन्त्री आलेको हर्कत क्षम्य नभएको बताएकी छन् । उनले भनेकी छन्, ‘हद नाघेर अश्लिल बोल्ने, आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर ।’












प्रतिक्रिया