
काठमाडौं, ३ फागुन । संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस मिसनमा खटीइ जाने प्रहरी टोलीलाई बिदाइ गरिएको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रदिप कुमार श्रेष्ठले उनीहरूलाई हिजो सोमबार बिदाइ गरेका हुन् ।
उक्त मिसनमा खटिइ जाने प्रहरी कर्मचारीहरूमा प्रहरी निरीक्षक ४ जना र प्रहरी नायव निरीक्षक ५ जना गरी जम्मा ९ जना रहेका छन् । उनीहरू मध्ये दुई समूहमा गरी फागुन ४ गते ६ जना तथा फागुन ६ गते ३ जना त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया