२ कार्तिक २०८३, सोमबार

प्रेम दिवसमा कालो/निलो कोट, रातो मफलर र सल लगाएर कविता वाचन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले सयुक्तरुपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरिएको छ ।

दीप ज्योति इन (होटेल) बत्तीसपुतली, काठमाडौंमा आयोजित कार्यक्रममा कालो/निलो कोट पोसाकमा रातो मफलर र सल लगाएर कविहरुले प्रेम विषयक कविता वाचन गरेका थिए ।

सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य व्यक्त गर्दै प्रणय दिवसबारे चर्चा गरेका थिए । यस्तै सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले धन्यवाद ज्ञापन गरेकी थिइन ।

कार्यक्रममा कविहरु नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, प्राज्ञ बाबा बस्नेत, ठाकुर बेलबासे, शिव अधिकारी, यादव भट्टराई, मुरारी सिग्देल, शशी थापा, क्रान्ति पराजुली, गान्दारी कैनी, इलु शर्मा, रुपा पौडेल, पारु तिमिल्सिना, नीशा रिमाल, मुना बोहरा, आरती राना, मनिला वन्त, त्रिलोचन प्रधान, मन्जिला अनिल, राधेश्याम लेकालीलगायतले आआफ्ना कविता वाचन गरेका थिए ।