
काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको छ । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव र अमेरिकी सहयोग एमसीसीबारे बैठकमा विशेष छलफल हुने छ ।
कांग्रेससहित ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव पेस गरेका थिए । महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ सांसदको आवश्यकता पर्छ ।
त्यस्तै बैठकमा एमसीसीका बारेमा पनि छलफल हुने छ । सरकारले भोलि बुधबार बस्ने संसद् बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा संसदबाट एमसीसी सजिलै पास हुनेमा ढुक्क छन् ।
हिजो बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीलाई सदनमा पेस गरी वारपार गर्नुपर्नेमा जोड दिएको नेताहरूले बताएका छन् ।















प्रतिक्रिया