१७ कार्तिक २०८३, मंगलबार

कर्णालीका मन्त्री कार्चेन लामालाई हटाउन उच्च अदालतमा निवेदन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २ फागुन । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन) लाई हटाउन उच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

लामाविरुद्ध फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै रिट हालिएको हो ।

उनलाई मन्त्री बनाउने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालय कानुन संकायकी विद्यार्थी बिनिता बोगटीले प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको सोमबार रिट दायर गरेकी छन् । लामालाई मन्त्री बनाउनु संविधान विपरीत भएको निवेदकको दावी छ ।

सांसद नरहेका लामा माओवादीबाट मन्त्री बनेका हुन् ।