८ कार्तिक २०८३, आइतबार

यी चार षड्यन्त्रका कारण महाअभियोग आएको एमाले महासचिव पोखरेलको खुलासा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग चार वटा षडयन्त्रका कारण आएको खुलासा गरेका छन् ।

महासचिव पोखरेलले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याएको महाअभियोगमा चार वटा षड्यन्त्र लुकेको भन्दै बिफल बनाउने घोषणा गरेका छन् ।

एमाले सचिवालयको बैठकपछि उनले यस्तो बताएका हुन् ।

‘यस कदमले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्ने र अदालतलाई सत्ताको आदेशपालक बनाउने नियत राखेको छ । यसले नेकपा (एमाले) को निरन्तरको खवरदारी र जनस्तरको दवाववाट तयभएको स्थानीय तहको निर्वााचनलाई पर धकेल्ने कुनियत वोकेको छ,’ पोखरेलले भने ।

यस्तो छ पोखरेलको खुलासा

सत्ता गठवन्धनसंग महाभियोग पारित गर्ने संख्या नहुदा नहुदै पनि प्रतिपक्षसंग परामर्श नै नगरी ल्याइएको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव षडयन्त्रपूर्ण र नियोजित कदमका रुपमा आएको छ ।

यसले सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयको अन्तरालपछि सुरुभएको सम्वादको प्रकृयालाई विथोल्ने र मुलुकलाई नयाँ शिरावाट मुठभेडमा धकेल्ने प्रपन्च वोकेको छ ।

यस कदमले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्ने र अदालतलाई सत्ताको आदेशपालक बनाउने नियत राखेको छ ।
यसले नेकपा (एमाले) को निरन्तरको खवरदारी र जनस्तरको दवाववाट तयभएको स्थानीय तहको निर्वााचनलाई परधकेल्ने कुनियत वोकेको छ ।

यसले मुलुकको सम्वैधानिक र राजनीतिक प्रणालीलाई कमजोर र अस्थिर बनाउने तथा नेपालको स्वाधिनता र स्वाभिमानमा नै चोट पुर्याउने जोखिम छ ।

नेकपा एमाले यस प्रकारका षडयन्त्रपूर्ण कदमको डटेर सामना गर्न र त्यसका कुत्सित मनसायलाई असफल बनाउन दृढ र सक्षम छ । नेकपा (एमाले) संसदीय दलको वैठकले यसका विरुद्धमा आवश्यक र ठोस कदम चाल्नेछ ।