
नयाँ दिल्ली, २ फागुन । भारतको उत्तर प्रदेश प्रान्तमामा सोमबार दोस्रो चरणको मतदान हुँदै छ ।
दोस्रो चरणकोमा आज सहारनपुर, मुरादाबाद र बरेली डिभिजनका ५५ सिटमा मतदान भइरहेको छ । २०१७ विधानसभा चुनावमा, यी ५५ मध्ये ३८ सीट भाजपाले जितेको थियो ।
तर, पछिल्लो लोकसभा चुनावमा यहाँका ११ लोकसभा सिटमध्ये ७ विपक्षीले जितेका थिए । पहिलो चरणमा फेब्रुअरी १० मा सहारनपुर डिभिजनका दुई जिल्ला मुजफ्फरनगर र शामलीमा मतदान भएको थियो ।
आज (फेब्रुअरी १४) सहारनपुर, मुरादाबाद, बिजनौर, अमोरोहा, सम्भल, रामपुर, बदाऊन, बरेली र शाहजहानपुर जिल्लामा मतदान हुँदैछ ।
दोस्रो चरणमा धेरै सिटमा रोमाञ्चक प्रतिस्पर्धा हुने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । धेरै राजनीतिक व्यक्तित्वको विश्वसनीयता दाउमा छ । यस चरणमा समावेश गरिएका जिल्लाहरूमा मुस्लिम आवादी बढी छ । यसअघि धेरै सीटमा मुस्लिम उम्मेद्वारहरूले सजिलै जितेका छन् ।















प्रतिक्रिया