६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा पहिरो, एकै दिन १०० अंकले घट्दै २७०० मा झर्‍यो नेप्से

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ ।

आज एकै दिनमा नेप्से परिसूचक १००.६७ अंकले घटेर २७००.९० मा झरेको छ ।

त्यस्तै, आज सबै कम्पनीले गुमाएका छन् । त्यस्तै, विभिन्न कम्पनीका एक करोड १६ लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब ६ अर्बको कारोबार भएको छ ।

बैंकहरुले निक्षेपको ब्याजदर बढाउने तथा प्रधानन्यायाधीशविरुद्धको महाअभियोगका कारण बजारमा नकारात्मक प्रभाव परेको जनाइएको छ ।