८ कार्तिक २०८३, आइतबार

महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत निलम्बनमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै स्वत निलम्बनमा परेका छन् ।

उनीविरुद्ध नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोग दर्ता भएको हो ।

संविधानको धारा १०१ को उपधारा (२) बमोजिम महाभियोगको कारवाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यसको टुंगो नलागेसम्म कामकारवाही गर्न नपाउने व्यवस्था रहेको छ ।