६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढ्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेको छ ।

साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

आज छापावल सुनको मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।