६ कार्तिक २०८३, शुक्रबार

ब्याजदर बढेसँगै शेयर बजारमा पहिरो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर बढाउने सहमति गरेसँग अर्थतन्त्रमा नकारात्मक असर देखिन थालेको छ ।

संघले १ फागुदेखि व्यक्तिगततर्फ मुद्दतिमा वाषिर्क ११.०३ प्रतिशत ब्याजदर पुगेको छ । संस्थागततर्फ भने बैंकहरुले १०.०७ प्रतिशत ब्याजदर दिने सहमति गरेका छन् ।

यो निर्णयमा निजी क्षेत्रले विरोध गरेको छ । त्यति मात्रै होइन नेपाल उद्योग वाणिजय महासंघले विज्ञप्ति नै जारी गरेर ब्याजदर बढाउने निर्णय फिर्ता लिन समेत आग्रह गरेको छ ।

बैंकहरुले ब्याजदर बढाउने निर्णयले शेयर बजारमा प्रत्यक्ष असर परेको छ । साताको पहिलो दिन आइतबार कारोबार सुरु भएसँगै ह्वात्तै घटेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा ८३ अंकको गिरावट आएको छ । अधिकांश कम्पनीले गुमाएका छन् ।

यद्यपि आज कारोबार बन्द हुँदासम्म के हुन्छ भन्नेमा लगानीकर्ता रहेका छन् ।