
काठमाडौं, १ फागुन । कामना सेवा बैंकले ‘कामना सेवा कस्टमर डे’ सम्पन्न गरेको छ ।
आफ्नो सेवा तथा सुविधाहरूलाई थप सरल र ग्राहकमैत्री सेवा प्रवाह गर्न बैंकले ‘केएसबीबीएल केयर’ समेत सञ्चालनमा ल्याएको जनाएको छ । गत बुधबारदेखि सञ्चालनमा ल्याइएको उक्त ‘केएसबीबीएल केयर’अन्तर्गत बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘कामना सेवा कस्टमर डे’ कार्यक्रम देशव्यापीरूपमा आयोजना गरिएको बैंकको भनाइ छ ।
उक्त कार्यक्रममा बैंकले आफ्ना ग्राहकहरूलाई मायाको चिनो प्रदान गर्नाका साथै धन्यवाद ज्ञापन गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकको उत्तरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गरेको भन्दै सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया