
काठमाडौँ, २९ माघ । अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते देखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने भएको हो ।
यो सेवाले समयको बचत सगँसगै कार्य पनि छिटो र छरितो सम्पन्न हुने अनुमान गरिएको छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपबाट सवारी कर र नवीकरण गर्न सकिने गरी ईसेवा र खल्तीलाई अनुमति दिएको छ ।
यो सेवा शुरूमा बागमती प्रदेशबाट सवारीकर र नवीकरण शुल्क तिर्ने व्यवस्था भएपनि विस्तारै अन्य प्रदेश समेत थप्दै जाने नागरिक एपको योजना रहेको छ ।















प्रतिक्रिया