
काठमाडौँ, २९ माघ । सत्तारुढ तीन दलका शीर्ष नेताहरबीच आज छलफल भएको छ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले तीन नेताबीच छलफल भइरहेको जानकारी दिएका छन् ।
बैठकमा स्थानीय तह निर्वाचन र एमसीसी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।















प्रतिक्रिया