भीमदत्तनगर, ५ वैशाख । कञ्चनपुरको महेन्द्रनगरस्थित मदन चोकमा रहेको मोबाइल पसल फुटाउँदै गरेको अवस्थामा प्रहरीले शुक्रबार मध्यरातमा एक युवकलाई पक्राउ गरेको छ ।
राति करिब डेढ बजे मदन चोकमा रहेको स्काइ मोबाइल पसलको पछाडि पट्टिको भित्ता फुटाउँदै गरेका १६ वर्षीय अमर चोहानलाई मदन चोकमा राति डियुटीमा रहेका प्रहरी हवल्दार वकिलबहादुर बोहरा नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका युवकलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया