२ कार्तिक २०८३, सोमबार

‘सुनन’को साथमा आए प्रदीप र सविता (भिडियोसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढ्दो छ ।

यसैक्रममा प्रतिभाशाली युवा गायक ओजस्वी प्रदीप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको गीतमा स्वयम् गायक धमलाको शब्द संगीत छ । शिवम रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड छन् । भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ ।