१ कार्तिक २०८३, आइतबार

पाँचपोखरीका ज्येष्ठ नागरिकलाई कम्बल वितरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २८ माघ । थाङपाल गाउँका ज्येष्ठ नागरिकलाई चिसोबाट बच्चको लागी पाँचपोखरी थाङपाल गाउँपालिकाले कम्बल वितरण गर्न थालेको छ ।

गाउँपालिकाले ८ वटै वडाका ८५ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्न लागेको हो । गाउँपालिकामा आयोजित एक कार्यक्रमको बिचमा अध्यक्ष टासी लामा ह्योल्मोले वडा नं १ र २ का ज्येष्ठ नागरिकलाई कम्बल हस्तारण गरेका हुन्।

उनले ज्येष्ठ नागरिकलाई लक्षित गरी विशेष प्याकेज कार्यक्रमहरु लागू गरिएको र अब पाँचपोखरीका कुनैपनि ज्येष्ठ नागरिकले स्वास्थ्यलगायत अन्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नआउने पनि बताएका छन् ।