८ कार्तिक २०८३, आइतबार

हिमपातको कारण अवरुद्ध सहिदमार्गको रिका खण्ड पुनः सञ्चालन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुमपूर्व, २८ माघ । गतसातादेखि हिमपातको कारण अवरुद्ध भएको सहिदमार्ग आजबाट सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले अवरुद्ध सहिदमार्ग पुनः सञ्चालन आएको जानकारी दिए ।

वर्षेनी हिमपातका कारण सहिदमार्गको रिका खण्डमा सडक अवरुद्ध हुने गर्छ । हिमपातकै कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन ।