८ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई प्रश्न– ओलीलाई हटाएपछि एमसीसी पारित गर्छौं भनेर बचन दिएको होइन ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमसीसी पारित गर्न चुनौती दिएका छन् ।

एमसीसीबारे ओलीको साथ खोज्दै हिजो बिहीबार साँझ ओलीलाई टेलिफोन गरेका प्रचण्डलाई ओलीले सोधेका छन्, ‘मलाई (ओली) हटाएपछि एमसीसी पारित गर्छौं भनेर बचन दिएको होइन ? सत्ता गठबन्धनसँग १६५ सीट छ पारित गर्नुहोस्, एमालेलाई सोधिरहन पर्दैन ।’

सम्वादका क्रममा ओलीले प्रचण्डलाई भनेका छन्, ‘तपाईंहरू (सत्तागठबन्धन)ले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, एमाले त निर्णय गरिहाल्छ ।’

पछिल्लो समय एमसीसी पारित गर्न अमेरिकाले दबाब बढाइरहेको छ । हिजोमात्रै सत्ता गठबन्धनका नेताहरू तथा प्रतिपक्षी दलका नेताहरूलाई समेत अमेरिकी मन्त्रीले टेलिफोन गरी यो परियोजना चाँडो पारित गर्न दबाब दिएका छन् । त्यतिमात्र होइन, ती मन्त्रीले एमसीसी पारित नगरिए वा फिर्ता गरिए अमेरिकाले नेपालप्रतिको धारणा परिवर्तन गर्नेसम्मको तेतावनी दिएका छन् ।

दबाब र चेतावनीका बीचमा रहेका नेपालका वर्तमान सत्तागठबन्धन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको साथको खोजीमा छ । राष्ट्रहितको पक्षमा हुने हरेक महत्वपूर्ण निर्णयहरूमा प्रमुख भूमिकामा रहँदै आएका ओलीविना सत्ता गठबन्धन अगाडि बढ्नै नसक्ने अवस्थामा समेत पुगेको छ ।