
काठमाडौं, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वध्यक्ष कमल थापाले नयाँ पार्टीको नाम जुराएका छन् ।
पार्टीभित्र आफ्नो भूमिकालाई कमजोर पारेको आरोप लगाउँदै केही दिनअघिमात्रै राप्रपा परित्याग गरेका थापाले नयाँ पार्टी खोलेर आफ्नो राजनीतिक यात्रा तय गर्न लागेका हुन् । जुन पार्टीको सिद्धान्तबाट ‘राजसंस्था’ अलग गरिने बताइएको छ ।
उनले बनाउने नयाँ पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’ रहने बताइएको छ । उक्त पार्टीको मुल एजेण्डामा हिन्दूत्व र राष्ट्रियता प्रधान रहने छ ।
हिजो बिहीबार महाराजगञ्जमा बसेको बैठकले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको हो । छलफलमा राप्रपा पदाधिकारीबाहिर रहेका नेताहरूको सहभागीता रहेको बताइएको छ । सो बैठकले हिन्दुत्व, सुशासन र समृद्धिको मूल एजेन्डा राखेर नयाँ पार्टी गठन गर्ने निधो गरेको स्रोतको भनाइ छ ।
बैठकले पार्टी दर्ता अधिकार थापालाई नै दिएको छ । ३१ वर्ष राप्रपाको नेतृत्वमा रहेका थापा मंसिरमा सम्पन्न एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । आफू पराजित हुनुमा थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको भूमिका रहेको भन्दै छानबिन गर्न माग समेत गरेका थिए ।















प्रतिक्रिया