८ कार्तिक २०८३, आइतबार

वीरगञ्जमा एमाले पाँचौंबाट पहिलो शक्ति बन्ने तयारीमा, को-को प्रवेश गर्दैछन् एमालेमा ?

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, २७ माघ । नेकपा (एमाले) पर्सामा सशक्त रूपमा अगाडि बढ्ने तयारीमा छ ।

मधेश आन्दोलनका चर्चित हस्तीहरूलाई एमाले प्रवेश गराएर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने तयारीमा पर्सा एमाले जुटेको छ । सोही अनुरूप मधेश आन्दोलनको एपिसेन्टर बनेको वीरगन्जका दुई हस्ती प्रदिप यादव र राजेशमान सिंहले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

अध्यक्ष ओलीसँग सकारात्मक कुरा भएकाले उनीहरू छिट्टै एमाले प्रवेश गर्ने भएका छन् ।

ओलीसँग राजेशमानलाई भेटाउने एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेस दासले वीरगन्जमा एमालेलाई पाँचौबाट पहिलो शक्ति बनाउने अभियान चलेको पनि बताए ।

उनले वृहत पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओलीलाई फागुन १४ गते वीरगन्ज ल्याउने तयारी भएको जानकारी दिए ।

उनका अनुसार यसअघि पनि पर्सामा माओवादीबाट निर्वाचित दुईवटा गाउँपालिका अध्यक्ष, छिपहरमाइका मनोज गुप्ता र जगरनाथपुरका जालिम मियाले पनि एमालेमा प्रवेश गरिसकेका छन् ।

यसैबीच तत्कालीन राजपाका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पट्टेल पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । राजेशमान सिंहसँगै तत्कालीन राजपाबाट वडाध्यक्ष उम्मेदवार बनेका २४ मध्ये १९ जना उनको साथमा रहेका र दुईजना निर्वाचित वडाध्यक्ष पनि सिंहकै राजनीतिक पक्षमा रहेको बताइएको छ ।