२ कार्तिक २०८३, सोमबार

‘सीते बा’को बल्ल विहेको साइत जुरे जस्तो छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

site-baकाठमाडौं, ५ वैशाख । ‘ए हो ठीकै छ ।’ लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका सीते बा जहिले जुनसुकै अवस्थामा पनि यसै भनेर हैरान पार्छन् ।

सुखद अवस्थामा होस,चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो,ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् ।

भद्रगोलका यी सिते बालाई चाहिँ बल्ल आएर अरुले ‘ए हो ठीकै छ’ भन्ने बेला आएको छ । किनभने यी तन्नेरी सिते बा बल्ल बिहे गर्दैछन् । उनी जसलाई बिहे गर्न लागेको खबर सुनाउँछन्,उनीहरुले सीतेबालाई उनकै शैलीमा ए बिहे पो गर्न लाग्या,ठीकै छ भनेर बदला नै लिए जसरी जिस्काउन थालेका छन् ।

सिरियलमा पाको वृद्द देखिने सिते बाको लालाबाला धेरै होलान्,यिनले त उहींले नै बिहे गरिसके होलान् भन्ने लाग्दो हो । तर यी सिते बा सिरियलमा जस्तो बुढो छैनन् ।

काभ्रपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका मधुसूधन पाठक नामधारी यी सीते बा वास्तविकतामा भने बल्ल २६ वर्ष पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

बिहे गर्ने सुरसार पनि बल्ल गर्दैछन् । मधुसूदनका लागि भद्रगोलकै निर्माता तथा एक कलाकार सुवास कार्की बेलासेले लमी बनेर केटी खोजिदिएपछि उनी आगमी बैशाख १६ गते विवाह बन्धनमा बाँधिन लागेका हुन् ।