२ कार्तिक २०८३, सोमबार

चलचित्र ‘आकाशे खेती’ को ट्रेलर सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । नयाँ नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को अफिसियल टे«लर सार्वजनिक भएको छ ।

उदय सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा गौरव पहारी, नीता ढुंगाना, विल्सन विक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

एसएस इन्टनेशनल फिल्मस् तथा तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई केदार उप्रेती, जीवन सुव्वा, राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रमा विक्रम डिसीको छायांकन, राजु किरातीका द्वन्द, रामजी लामिछाने र राजिवको नृत्य तथा सुजन बडालको सम्पादन रहेको छ ।

यो चलचित्र आगामी फागुन २७ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी छ ।